सर्लाही- शहरी विकास मन्त्री प्रभु शाह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन्। मन्त्री शाह चढेको ना १ झ ३८४२ नम्बरको पूर्वतर्फ जाँदै गरेको गाडीले पैदलयात्रीलाई सर्लाहीको हरिवनमा ठक्कर दिएर भागेको थियो ।
गाडीको ठक्करबाट सर्लाहीको लालबन्दी नगरपालिका ८ का ५५ वर्षिय बच्चु तामाङ घाइते भएका छन्। घाइते तामाङको अवस्था सामान्य रहेको र स्थानिय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।