काठमाडौँ- प्रतिनिधि सभा विघटनकाे विषयमा राष्ट्रपतिको कार्यालयले आज सर्वोच्च अदालतलाई लिखित जवाफ दिने भएको छ। विघटनका विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै पुस १९ गते (आज) सम्म जवाफ दिन प्रधानमन्त्री तथा राष्ट्रपति कार्यालयलाई भनेको थियो ।
जस अनुसार महान्यायधिवक्ताको कार्यालय मार्फत लिखीत जवाफ दिन लागिएको हो। सरकारले पनि आजै सवोच्चलाई जवाफ दिँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सवोच्च अदालतमा दर्जन बढी रिट दायर भएका छन्।
सर्वाेच्च अदालतले अर्को पेसी पुस २२ गते तोकेको छ । २२ गतेबाट विघटनकाे मुद्दामा निरन्तर सुनुवायी हुने अदालतले जनाएको छ।