काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । नेपाल एयरलाइन्सको उडानबाट दाहाललाई मुम्बइ लगिएको हो।
सीता दाहाललाई लिएर प्रचण्ड र उनकी छोरी पनि मुम्बइ गएका छन्। उनको मुम्बईको न्यूरोजेन व्रेन एण्ड स्पाइन इन्स्ट्च्यिुटमा उपचार गरिने बताइएको छ।
केहि वर्षदेखि पार्किन्सन जस्तै प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी नामक रोगबाट पीडित सीतालाई केहीदिन अघि ललितपुरको मेडिसिटीमा राखेर उपचार गराइएको थियो। स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उपचारका लागि भारत लगिएको हो।