काठमाडौँ- ५० राउन्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । श्री एयरलाइन्सबाट भद्रपुर जाँदै गरेका झापाको मेचीनगर नगरपालिका २ का बद्रीहाङ राइलाई प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट ९ एमएम पेस्तोलमा लाग्ने ५० राउन्ड गोली फेला पारेको महानगरीय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले जनाएको छ। सुरक्षा जाँचका क्रममा राईको लगेजमा गोली भेटिएको प्रहरीले बताएको छ।