काठमाडौँ- प्रतिनिधि सभा विघटन विरुद्ध प्रचण्डमाधव समुहसँग आबद्ध अनेरास्वीयुले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। मंगलबार पत्रकार सम्मेलन गरेर पुस २१ गतेदेखी २९ गतेसम्मको लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। जस अनुसार आज पुस २१ ग्ते सबै मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक क्याम्पसमा कालो व्यानर राखेर विरोध प्रदर्शन तथा कोणसभा गर्ने अनेरास्वीयुले जनाएको छ।
त्यसै गरी भोली पुस २२ गते काठमाण्डौमा लाल्टिन जुलुस र काठमाण्डौ बाहिर आवश्यकता अनुसार लाल्टिन र सिटीरलाठी जुलुस प्रदर्शन गर्ने, २३ देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, २४ गते जिल्ला प्रसासन कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, २५ गते असंवैधानिक कदमविरुद्ध सडक बहस कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा बताइएको थियो।
२६ गते बयलगाडा प्रदर्शन गर्ने कार्यक्रम तय भएको प्रचण्ड माधव समुहका विद्यार्थीले बताएका छन्। पुस २७ गते प्रतिगमन विरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने, २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ), २९ गते सडकमा प्ले कार्डसहित कार्टुन प्रदर्शन गर्ने कार्यक्रम रहेको अनेरास्ववियूले जनाएको छ ।
अनेरास्ववियूका नेता विजय गौतमले प्रधानमन्त्रीको कदम नसचिएसम्म आन्दोलनल जारी रहने बताए।