दाङ-दाङमा बुधबार राती घर भत्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
घोराही उपमहानगरपालिका-१७ क्वाडी निवासी आसाराम चौधरीको टिनले छाएको २ कोठे घरको भित्ता भत्किदा उनकी ३ महिनाकी छोरी बिन्दु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घटनामा परि आसारामकी श्रीमती ३० बर्षिय मनिसा चौधरी र ९ बर्षिया छोरी बाटुली चौधरी घाईते भएका छन । घाईते दुबै जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।