रुपन्देही । समृद्ध समाजका लागि सकारात्मक चिन्तन आवश्यक रहेकामा जोड दिइएको छ ।
ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्यालय क्षेत्रीय कार्यालय बुटवलले शनिबार आयोजना गरेको उपमहानगरपालिकाका नगरसभा सदस्यहरुलाइ शान्ति एवं समृद्ध समाजका लागि सकारात्मक विचार विषयक प्रशिक्षण तथा शुभकामना कार्यक्रमका सहभागीले समाजमा हिंसा र अशान्ति बढीरहेकाले यसलाई नियन्त्रण गरी शान्त एवं सम्बृद्ध समाजका लागि सकारात्मक विचार आवश्यक रहेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरका प्रमुख खेलराज पान्डेले सत बिचार बाटै सत मार्गमा हिँड्न सकिने धारणा राख्नुभयो । “सयमा ९९ काम राम्रो गरेपनि एउटा काम नराम्रो भयो त्यही नराम्रो कामको चर्चा हुन्छ । सकेसम्म हाम्रो असल आचरण र व्यवहारका साथ काम गर्नुका साथै बिचार फराकिलो बनाएर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।
बुटवल उपमहानगरका उपप्रमुख साबित्रादेवी अर्यालले सकारात्मक सोच लियर आगाडी बढ्न सके शान्ति र समृद्धि छाउने विश्वास व्यक्त गर्नुभयो । “हामीले आफ्नो भुमिका निर्वाह गर्दा सकारात्मक सोच राखेर जनताका बिचमा जान सके नगर सुन्दर बन्छ । हामी आवेसमा आउँदा हामीलाई नै समस्या हुन्छ”, उहाँले भन्नुभयो ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका क्षेत्रीय प्रमुख कमला दिदीले सबै जनप्रतिनिधीले सकारात्मक सोंचका साथ काम गर्ने हो उपमहानगर नमुना बन्ने बताउनुभयो ।
“तपाइँहरु पाँच वर्षलाई चुनियर आउनुभएको छ, चुनौती धेरै छ । जनताको आशा धेरै छ्न । हामी आफ्नो पदमा रहँदा सकारात्मक बिचार आवश्यक छ । कहिलेकाही जनता रिसाएर आउँदा तपाईंइहरु पहिले सुन्नुस अनि मुस्कुराएर बोल्न सुरु गर्नुस”, उहाँले भन्नुभयो ।
उहाँले क्रोध गर्न शक्ति नचाहिने तर सहन शक्ति चाहिने भएकाले कुनै पनि कुराको सामना हात र मुखले नभई धैर्यता र बुद्धिले गर्नुपर्ने बताउनुभयो । “निन्दा गर्नेको पनि इस्ट बन्नुपर्छ । बिचारमा शान्ति बोलिमा शान्ति भयो भने नागरको मनमा बस्न सकिन्छ”, उहाँले भन्नुभयो ।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जनप्रतिनिधिलाई कामको बोझका कारण तनाव बढी हुनेभएकाले यस्ता प्रशिक्षण आवस्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा प्रशिक्षण दिदै ब्रह्मकुमार राजुले कुनै पनि परिस्थितिलाई सहज रुपमा लिन सके तनाव नहुने बताउनुभयो । “खुशी जस्तो खुराक छैन, चिन्ता जस्तो रोग छैन “, उहाँले भन्नुभयो , “हाम्रो मनमा उत्पन्न नकारात्मक विचार नै दुःखको कारण हो । त्यसैले सधैं सकारात्मक सोचौं”, उहाँले भन्नुभयो ।
ब्रह्माकुमारी राजयोगिनी सिमाले सकारात्मक चिन्तनले जीवन परिवर्तन हुने बताउनुभयो । अशान्त मनलाई शान्त बनाइ आफ्नो जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्न सकारात्मक सोच राख्नुपर्ने उहाँको भनाइ छ ।
अग्रज पत्रकार बालकृष्ण चापागाईंले शान्ति स्थापना गर्नमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।
ब्र्रहमाकुमारी ईश्वरीय विश्वविद्यालयका क्षेत्रीय प्रमुखसचिब नारायणले यो विश्वविद्यालय अन्तरास्ट्रिय आध्यात्मिक शैक्षिक सस्था भएकाले सकारात्मक विचारको प्रवाह गर्दै आएको उल्लेख गर्नुभयो । (तस्वीर उपलब्ध छ)