काठमाडाैँ - नेपाली कांग्रेसले केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधनमा शोकप्रस्ताव पारित गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले शोक प्रस्ताव पारित गरेको हो। मस्तिकष्घात भएर एक महिनादेखी उपचाररत जोशीको शुक्रवार बेलुका निधन भएको थियो।
यस्तै बैठकले चैत १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, उक्त दिनहरुमा शोकका कार्यक्रम बाहेक पार्टीका अन्य औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ।
चैत १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालय बन्द गर्ने, १३ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभाको गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ।