बुटवल । लुम्बिनी प्रदेश सरकारले अदक्ष युवाहरुमा सीप वृद्धि गर्ने योजनासहित सीप प्रतिष्ठान स्थापना गर्ने भएको छ । आज प्रदेश सभामा आर्थिक बर्ष २०७८÷७९ को बार्षिक बजेट घोषणा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले उक्त घोषणा गरेका हुन् ।
प्रतिष्ठानले स्वदेशी तथा विदेशी बजारको माग अनुसार अध्ययन पाठ्यक्रम निर्माण तथा स्वीकृती दिने, प्रशिक्षको योग्गता निर्धारण गर्ने तथा सीप परिक्षण जस्ता क्षेत्रमा बिशिष्टिकृत संस्थाको रुपमा काम गर्ने मन्त्री चौधरीले जानकारी दिए ।