बुटवल-असार मसान्तमा बुझाउनुपर्ने सवारी करको बिलम्ब शुल्क नलाग्ने भएको छ । कोरोनाको महामारीको कारणले आगामी आर्थीक वर्षको ३ महिना सम्म कुनैपनि बिलम्ब शुल्क नलाग्ने जानकारी बजेट पेश गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले दिए।
उनका अनुसार अपांगता भएकाहरुले सञ्चालन गर्ने गाडीका लागि कर छुट दिइनेछ।