गण्डकी : एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोबास गर्दै आएका दृष्टिविहीन एवम अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन् ।
बालग्रामका संस्थापक हर्मनमाइनरको जन्मदिन एवम ३५औँ एसओएस दिवसका अवसरमा आमाहरूले पाँच दृष्टिविहीन र ११ शारीरिक अपाङ्गता भएका परिवारलाई रु २५ हजार बराबर राहत सामग्री वितरण गरिएको हो ।
एसओएस बालग्राममा कार्यरत २४ आमाले सामूहिक रुपमा सङ्कलित रकमबाट चामल, दाल, तेल, नुन, चिउरा, बेसार, मास्कलगायतका सामग्री खरीद गरी अपाङ्गता भएका परिवारलाई सहयोग गरिएको लक्ष्मीदेवी बाँस्तोलाले जानकारी दिइन् ।
निषेधाज्ञाका कारण रोजगारी गुमाएर भोकै बस्ने अवस्थामा पुगेका १७ परिवारलाई तत्कालका लागि खाद्यान्न सहयोग गरिएको उनको भनाइ छ । बालग्रामका १५ घरमा १५३ बालबालिका छन् । रासस