जलवायु परिवर्तनको प्रमुख कारण वैश्विक तापन हो । जुन हरितगृहको परिणाम भनिन्छ । हरितगृह प्रभाव त्यो प्रक्रिया हो, जसमा पृथ्वीको सतहसँग टकराएर फर्कने सूर्यका किरणहरु वातावरणमा उपस्थित केही ग्यासहरु अवशोषित गरी लिन्छन् परिणामस्वरुप पृथ्वीको तापमानमा बृद्धि हुन्छ । कार्वनडाइअक्साइड, मिथेन, क्लोरोफ्लोरोकार्बन्स, नाइट्रस अक्साइड क्षोभमण्डलीय ओजोन ती मुख्य ग्यास हुन जुन हरित गृहप्रभावका लागि उत्तरदायी हुन्छन् । वातावरणमा यी ग्यासहरुको निरन्तर बढ्दो मात्राले वैश्विक जलवायु परिवर्तनको खतरा दिनदिनै बढ्दै गइरहेको छ ।
हरितगृह प्रभावले गर्दा अनेक क्षेत्रहरुमा औसत तापमानमा बढोत्तरी भएको देखिएको छ । वैज्ञानिकहरुको भविष्यवाणीका अनुसार वर्ष २०२० सम्म दुनियाको तापमान पछिल्लो १००० वर्षहरुको तुलनामा सर्वाधिक हुनेछ । अन्तरशासकीय जलवायु परिवर्तन पैनलले वर्ष १९९५ मा भविष्यवाणी गरेका थिए कि यदि मौजुदा प्रवृत्ति जारी रह्यो भने २१औं शताब्दीमा तापमानमा ३.५ देखि १० डिग्री सेल्सियस सम्मको वृद्धि हुनेछ । बीसौं शताब्दीमा विश्वको सतहको औसत तापमान ०.६ डिग्री सेल्सीयससम्म बढेको छ । यस शताब्दीको पहिलो दशक (२०००–२००९) अहिलेसम्मको सबैभन्दा उष्ण दशक रहेको छ जस्ले यो सावित गर्दछ कि हरितगृह प्रभावको परिणाम स्वरुप जलवायु परिवर्तनको बेला शुरु भइसकेको छ । वैश्विक जलवायु परिवर्तनका अनेकन प्रभाव हुनेछन् जसमध्येबाट धेरैजसो हानिकारक हुनेछन् ।
वैश्विक जलवायु परिवर्तनका सम्भावित प्रभाव
जलवायु परिवर्तनको प्रभाव मानव स्वास्थ्यमा पर्नेछ । विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार जलवायुमा तापनका कारण श्वास तथा हृदयसम्बन्धी रोगहरुमा वृद्धि हुनेछ । दुनियाँका विकासशील देशहरुमा झाडापखाला, पेचीस हैजा, क्षयरोग, पित ज्वरो तथा म्यादी ज्वरो जस्ता संक्रामक रोगहरुको बारम्बारतामा वृद्धि हुने छ । किनकी रोग फैलाउने खाले रोगबाहकहरुको गुणन एवं विस्तारमा तापमान एवं वर्षाको महत्वपूर्ण भूमिका हुन्छ । अतः दक्षिण अमेरिका, अफ्रिका तथा दक्षिण पूर्व एसियामा लामखुट्टेहरुबाट फैङे रोगहरु जस्तै मलेरिया, डेंगु, पहेंलो ज्वरो तथा जापानी ज्वरोको प्रकोपमा बढोत्तरीले यी रोगहरुका कारण हुने मृत्युदरमा वृद्धि हुनेछ । यस बाहेक हात्तीपाइले तथा चिकन गुनियाको पनि प्रकोप बढ्नेछ । लामखुट्टेजनित रोगहरुको विस्तार उत्तरी अमेरिका तथा युरोपका चिसो देशहरुमा पनि हुनेछ । हाम्रो आफ्नै परिवेशमा विगतमा तराईमा मात्र देखिने जापानी ज्वरो, डेंगु, मलेरिया हिजोआज पहाडी, मध्यपहाडी तथा हिमाली क्षेत्रमा पनि नियमित देखिन थाल्नुले यसले पुष्टि गर्दछ । मानव स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभावले गर्दा एउटा ठूलो जनसंख्या विस्थापित हुनेछ, जसलाई पर्यावरणीय शरणार्थी भनिनेछ । जलवायु परिवर्तनको फलस्वरुप रोगाणुहरुमा बढोत्तरीका साथसाथै यिनको नयाँ प्रजातिहरु विकसित हुनेछन्, जसको परिणामस्वरुप बालिनालीहरुको उत्पादकतामा विपरित प्रभाव पर्नेछ । बालिनालीहरुको किरा फट्याङ्ग्रा नाशीजीवहरु तथा रोगाणुहरुबाट सुरक्षाको लागि नाशी जीवननाशकहरुको उपयोग मात्रामा बढोत्तरी हुनेछ जसले गर्दा वातावरण प्रदूषित हुनेछ साथै मानवीय स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पर्नेछ । वैश्विक जलवायु परिवर्तनको परिणामस्वरुप दुनियाँको मनसुनी क्षेत्रहरुमा वर्षामा वृद्धि हुनेछ । जसले गर्दा बाढी, भूस्खलन तथ भूमि अपरदान जस्ता समस्या पैदा हुनेछन् । पानीको गुणस्तरमा गिरावट आउने छ । वैश्विक जलवायु परिवर्तनले जलश्रोतहरुको वितरणमा पनि प्रभाव पर्नेछ । उच्च अक्षांश भएका देशहरुमा तथा दक्षिण पूर्व एसियाका जलश्रोतहरुमा पानीको अधिकता हुनेछ जबकी मध्य एसियामा पानीको कमी हुनेछ । न्यून अक्षांश भएका देशहरुमा पानीको कमी हुनेछ । जलवायु परिवर्तनका कारण ध्रुवीय हिँऊ पग्लिनाले विश्वको औसत समुद्री जलस्तर एक्काइसौं शताब्दीको अन्त्यसम्म ९ देखि ८८ सेमीसम्म बढ्ने सम्भावना छ जसबाट छ जसबाट दुनियाँको आधिभन्दा बढी आवादी जुन समुन्द्र बाट ६० कि.मी. को दूरीमा अवस्थित छन्, तिनमाथि विपरित प्रभाव पर्नेछ । बंगलादेशको गंगा–ब्रम्हपुत्र, डेल्टा, मिश्रको नील डेल्टा तथा मार्शलद्विप र मालदिव सहित अनेकौं साना द्वीपको अस्तित्व वर्ष २१०० सम्म समाप्त हुनेछ ।
वैश्विक जलवायु परिवर्तनको प्रभाव समुद्रमा पाइने जैविक विविधता सम्पन्न प्रवल भित्तीहरु (Coral reefs) माथि पर्नेछ जसलाई महासागरहरुको उष्ण कटिबन्धिय वर्षा पनि भनिन्छ । समुन्द्री पानीमा उष्णताको परिणमस्वरुप Algae हरुमा प्रतिकूल प्रभाव पर्नेछ जसले कि प्रवाल भित्रीहरुलाई भोजन तथा वर्ण उपलब्ध गराउँछन् । उष्ण महासागर विरंजन (Bleaching) प्रक्रियाको कारक हुनेछ जो यी उच्च उत्पादकता भएका पारीतन्त्रहरु (Ecosystems) लाई नष्ट गर्नेछ । प्रशान्त महासागरमा वर्ष १९९७ मा अलनिनोको कारण बहेको ताजको तीब्रता प्रवालहरुको मृत्युको सबैभन्दा गम्भीर कारण बनेको थियो । एक अनुमानका अनुसार पृथ्वीको लगभग १० प्रतिशत प्रवाल भित्रीहरुको मृत्यु भइसकेको छ । ३० प्रतिशत गम्भीर रुपले प्रभावित भएका छन् तथा ३० प्रतिशतको क्षरण भएको छ । ग्लोवल कोरल रीप मोनिटरिङ्ग नेटवर्क अष्ट्रेलियाको अनुमान अनुसार वर्ष २०५० सम्ममा सबै प्रवल भित्रीहरुको मृत्यु हुनेछ ।
जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा पनि असर पर्नेछ । संयुक्त राज्य अमेरिकामा बालिनालीहरुको उत्पादकत्वमा कमी आउने छ जवकी अर्कोतिर उत्तरी र पूर्वी अफ्रिकामा, मध्य पश्चिम देशहरु नेपाल, पश्चिमी देश मेक्सीकोमा गर्मी तथा चिस्यानले गर्दा वालीनालीहरुको उत्पादकतामा बढोत्तरी हुनेछ । वर्षा जलको उपलब्धताको आधारमा धानको क्षेत्रफल बढ्न सक्नेछ ।
वातावरणमा ज्यादा उर्जाको संलग्नताले वैश्विक वायु पद्धति (Global wind pattern) मा पनि परिवर्तन हुनेछ । वायु पद्धतिमा परिवर्तनको परिणामस्वरुप वर्षा असमान हुनेछ । भविष्यमा मरुभूमिहरुमा बढी वर्षा हुनेछ जवकी यसको विपरित पारंपारिक कृषि हुने क्षेत्रहरुमा कम वर्षा हुनेछ । यस किसिमको परिवर्तनले ठूलोममात्रामा मानवीय बसाइसराईलाई प्रोत्साहित गर्नेछ । जसले मानव समाजको सामाजिक, आर्थिक तथा राजनैतिक ढाँचालाई प्रभावित गर्नेछ ।
वैश्विक जलवायु परिवर्तनको फलस्वरुप बाढी खडेरी तथा आँधी, तुफान, टोर्नाडो जस्ता प्राकृतिक आपदहरुको बरंवारतामा वृद्धिको कारण अन्न उत्पादनमा गिरावट आउने छ । स्थानीय खाद्यान्न उत्पादनमा कमी, भोकमरी र कुपोषणको कारण बन्नेछ जसबाट स्वास्थ्यमा दीर्घकालिन प्रभाव पर्नेछ । खाद्यान्न र पानीको कमीबाट प्रभावित क्षेत्रहरुमा समुदायहरुबीच द्वन्द्व हुनेछ । जलवायु परिवर्तनको प्रभाव जैविक विविधतामा पर्नेछ । कुनै पनि प्रजातिको अनुकुलनका लागि समयको आवश्यकता पर्दछ । वातावरणमा आकस्मिक परिवर्तनले अनुकुलनको अभावमा त्यसको मृत्यु हुनेछ । जलवायु परिवर्तनको सर्वाधिक प्रभाव समुन्द्रको तटिय क्षेत्रहरुमा पाइने दलदली क्षेत्रका वनस्पतीहरुमा पर्नेछ जसले तटलाई स्थिरता प्रदान गर्नका साथसाथै समुन्द्री जीवहरुको प्रजननको लागि आदर्श स्थल प्रदान गर्छ । दलदली वन (Mangrove forest) जसलाई ज्वारीय वन पनि भनिन्छ जसले तटीय क्षेत्रहरुलाई समुन्द्री तुफानहरुबाट रक्षा गर्ने काम पनि गर्दछ । जैविक विविधताको कारणले गर्दा पारिस्थितिक असन्तुलनको जोखिम बढ्नेछ ।
अब पनि जलवायुव परिवर्तनका बारेमा हामी सबैले सोचेनौं भने भोलीका दिनमा जलवायु परिवर्तनले गर्दा पृथ्वीमा रहने सबै प्राणीहरुलाई असर पुर्याउने छ । यसका लागि देशैभरी वातावरण मैत्री कार्यक्रम युद्धस्तरमा संचालन गर्न अपरिहार्य छ । जलवायु परिवर्तनमा धनी र औद्योगिक मुलुकहरुको मात्र योगदान छ हाम्रो केही छैन भन्दै यसको प्रभाव न्यूनीकरणका उपायहरुमा अहिलेदेखि नै नलाग्ने हो भने हाम्रो आर्थिक हैसियतले यसबाट पर्न सक्ने खाद्यान्न र पानीको संकटबाट बचाउन सकिदैन । नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म यस विषयलाई गम्भीरतापूर्वक लिने चेतना जागृत होस् । अहिलेलाई यतिमात्र भन्न सकिन्छ ।